सभापति शाहद्रारा लोकतन्त्र दिवसको शुभकामना : सरकारले कदम नसच्याए कांग्रेस प्रतिवाद गर्ने चेतावनी

सभापति शाहद्रारा लोकतन्त्र दिवसको शुभकामना : सरकारले कदम नसच्याए कांग्रेस प्रतिवाद गर्ने चेतावनी

काठमाडौ । नेपाली कांग्रेस का नेता सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाहले वैशाख ११ गते आज लोकतन्त्र दिवसलाई नेपाली नागरिकले गरेको बलीदानीपूर्ण संघर्षको दिनका रुपमा स्मरण गरेका छन् । उनले भनेका छन्, आज बैशाख ११ गते लोकतन्त्र दिबस आजकै दिन विसं २०६२,६३ को जनआन्दोलन सफल भएको दिन हो जसका लागि लोकतन्त्रको स्थापनाका लागि नेपाली काँग्रेसको अगुवाईमा नेपाली जनताले ठूलो बलिदान गरेका थिए ।

जनआन्दोलन र संविधान सभाको दुई पटकको निर्वाचन पछि संविधानको निर्माण भएको स्मरण गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, यो काम सम्पन्न गर्न नेपाली कांग्रेस पार्टीको अहम् भुमिका थियो । नेपाली कांग्रेसको अगुवाइमा संविधानसभाले बनाएको संविधान अन्तर्गत नेपाली कांग्रेसकै नेतृत्वमा भएको निर्वाचनबाट आज कम्युनिष्ट सरकार सत्तामा छ । यत्रो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन व्यवस्थाका माध्यमबाट संविधान सभाको निर्वाचन भयो र सोही बमोजिम संविधान जारी गर्ने तथा तत्पश्चात आमनिर्वाचन सम्पन्न गर्ने काम पनि काँग्रेसकै पहलमा भयो भन्दै सभापति भरत कुमार शाहले भनेका छन्, तर पनि यसरी आमनिर्वाचनपछि सत्तामा पुगेको कम्युनिष्ट सरकारले काँग्रेसले केही गरेको छैनजस्तो गरेर विपक्षी दललाई उपेक्षा गर्नेमात्र नभएर समग्र लोकतान्त्रिक मुल्य र मान्यताहरुलाई नै कम्जोर गर्ने काममा निरन्तर लागिरहेको छ ।

देश यतिबेला महामारीको त्रासका कारण लकडाउनको अबस्थामा रहेको बेला सरकारले भने प्रजातन्त्रमा विपक्षीको भूमिकालाई गौण गर्ने तथा आपूm मुलुकको प्रधानमन्त्रीजस्तो अभिभावकका रुपमा रहनुपर्नेमा अरु विपक्षी पार्टी फुटाउनका लागि भन्दै सार्वजनिक रुपमै स्वीकार गर्दै दुई वटा अत्यन्तै अलोकतान्त्रिक विधेयक ल्याउनुले ओली सरकारको अलोकतान्त्रिक अनुहार झन छर्लंग भएको बताएका छन् । साथै सभापति शाहले आजको दिन लोकतान्त्रिक मुल्य र मान्यता र संविधान प्रदत्त अधिकारको सुरक्षाका लागि सचेत रहन देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी दाजु भाइहरुमा शुभकामना व्यक्त गरेर स्मरण गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij