हतारमा अध्यादेश जारी, विवाद पछि खारेज

हतारमा अध्यादेश जारी, विवाद पछि खारेज

काठमाडौं- सोमबार जारी भएको दुईवटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

सोमबार राष्ट्रपति भण्डारीले सरकारले सिफारिस गरेको चार घण्टा वित्न नपाउँदै अध्यादेश जारी गरेकी थिइन । तर शुक्रबार भने सरकारले सिफारिस गरेको करिब पाँच घण्टा पछि खारेज गरेकी हुन ।

सोमबार मन्त्री परिषदले सिफारिस गरेको केहीसमय पछि राजपत्रमा प्रकाशित भएको अध्यादेशको चौतर्फी विरोध भएपछि शुक्रबार सरकारले खारेज गर्ने निर्णय गरेकाे हाे ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड (ख) बमोजिम अध्यादेशहरूखारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij