बुटवल-कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि ढुवानीका सवारी चालक र सहचालकहरुलाई माक्स प्रदान गरिएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघको सम्युक्त टोलीले बुटवल देखि भारतिय सीमानाका वेलहियासम्म स्थलगत अनुगमन गदै चालक र सहचालकलाई अनिवार्य माक्स लगाउन र सुरक्षित तवरले सवारी चलाउनका लागि आह्वान गरेका थिए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यम प्रसाद पाण्डे र लुम्बिनीे ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिनका लागि नयाँ मानिससंग सम्र्पक नर्गन चालकहरुलाई सडकमै रोकेर सचेतना जगाउनु भएको थियो ।
माल लिएर देशका विभिन्न स्थानमा पुग्ने ट्रक चालक र सहचालकहरुलाई माल अनलोड गरि सम्बन्धीत माल धनीवाट सामान बुझायर फर्केको भरपाई गराउन पनि अध्यक्षद्धयले निर्देशन दिनु भएको थियो ।
टोलीले लुम्बिनीे ट्रक व्यवसायी संघले संचालन गरेको तौल पुल धर्मकाटाको र भन्सार नाकामा लोड गरि वसेका सवारी सानको समेत अनुगमन गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्