एजेन्सी--कोरोना महामारीका कारण विश्वभर २८ लाख २६ हजार बढीमा संक्रमण देखिएको छ ।
दुईसय १० देश र दुई अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना संक्रमण २८ लाख २६ हजार ६ सय बढीमा पुष्टी भएको हो ।
संक्रमित मध्ये ७ लाख ८१ हजार २ सय ५४ उपचारपछि निको भएका छन् ।
१ लाख ९६ हजार भन्दा बढिको ज्यान गएको छ ।
१८ लाख ४८ हजारभन्दा धेरैको उपचार चलिरहेको छ । जसमा ५८ हजार ३ सय ८४ जना अवस्था रहेको वल्डोमिटरले जनाएको छ ।
पछिल्लो गएको २४ घण्टामा १ लाख ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । सोही अवधीमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
अमेरिकामा मात्रै ९ लाख २३ हजार ६ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५२ हजार ९२ जनाको मृत्य भएको छ ।
इटालीमा २५ हजार, स्पेनमा २२ हजार, फ्रान्समा २२ हजार र बेलायतमा साढे १९ हजार भन्दा बढीको ज्यान गएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्