काेराेना भाइरस : विश्वभर ३१ लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

काेराेना भाइरस : विश्वभर ३१ लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

काठमाण्डौ
विश्वका विभिन्न देशमा कोरोना भाइरस कोभिड १९सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन् । १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीको ज्यान गएको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ । केही दिनयता दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको अमेरिकामा गएको २४ घण्टामा भने झण्डै दोब्बरले बढेको छ । त्यहाँ थप २४ सय २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार नाघेको छ । यस्तै १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार अमेरिकामा १३ सय ८४ जनाको ज्यान गएको छ ।

इटलीमा भने ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारको भन्दा केही बढेको छ । मङ्गलबार तीन सय ३३ जनाको ज्यान गएको इटलीमा गएको २४ घण्टामा थप तीन सय ८२ जनाको ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको सङ्ख्या पनि बढेर दुई लाख एक हजार नाघेको छ ।
स्पेन र फ्रान्समा भने दैनिक ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । यी दुई देशमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म साढे २३ हजारभन्दा बढीको ज्यान गएको छ । स्पेनमा दुई लाख ३२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा फ्रान्समा एक लाख ६५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी अहिलेसम्म साढे २१ हजारभन्दा बढीको ज्यान गएको बेलायतमा गएको २४ घण्टामा थप पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा एक लाख ६१ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।
जर्मनीमा सङ्क्रमितको सङ्ख्या एक लाख ५९ हजार नाघेको छ । यसैगरी कोरोनाको उद्गम देश चीनमा ८२ हजार आठ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ । ७७ हजार पाँच सय ५५ जना निको भएका छन् ।
यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएकोमा एक हजार आठ जनाको ज्यान गएको छ । त्यहाँ गएको २४ घण्टामा ६९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । सात हजार सात सय ४७ जना भने निको भएका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij