भैरहवा – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । त्यस्तै अहिले सबै ठाउँका होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् । लकडाउनका कारण घरबाट खाना अस्पतालसम्म पु¥याउन पनि समस्या छ । यही अवस्थालाई मध्यनजर गर्दै भैरहवा निवासी रबि पारिख,दिपेन्द्रमान श्रेष्ठ, नविन सेन को सहयोगमा नयाँगाउँ–रानीगाउँ युवा समाज पक्लिहवाले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसर मा गरीब, विपन्न परिवार, उपचार रत बिरामी, बिरामी का कुरुवा र अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई निःशुल्क शाकाहारी खाना खुवाएको समाजका शुशिल गुरुङले बताउनु भयो । समाजले तेस्रो चरण अन्तर्गत बुधबार ७ सय जना लाई खाना खुवाएको गुरुङ्गले बताउनु भयो । समाजले दोस्रो चरण अन्तर्गत आइतबार ३ सय ५० जनालाई नास्ता तथा ७ सय जनालाई खाना खुवाएको थियो भने । यस अघि समाजले गत हप्ताको बुधबार ७ सय जनालाई खाना खुवाएको थियो
हप्ता मा २ दिन बुधबार र आईतबार निःशुल्क खाना खुवाउने कार्यक्रमलाई लकडाउनको अवधिमा निरन्तरता दिइने समाजसेवी याम बहादुर थापाले बताउनु भयो
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्