काठमाडौं ।
सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चारजनामा ‘कोभिड–१९’ को संक्रमण भेटिएको छ ।
टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
उनकाअनुसार समुदायमा संक्रमण बढेको छैन ।
ती चारैजना भारतबाट नेपाल आएर ‘क्वारेन्टाइन’मा रहेका व्यक्ति हुन् ।
उनकाअनुसार संक्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
बुधबार थप चारजनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।
अहिले ३९ जना संक्रमित अस्पतालको ‘आइसोलेसन’मा छन् ।
संक्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
संक्रमितको नजिक रहेका ‘कन्ट्याक ट्रेसिङ’समेत भइरहेको जनाइएको छ । रासस
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्