काठमाण्डौ
नेकपाको सचिवालयको बैठक बेलुका ९ बजे सकिएको छ । ५ बजे देखि शुरु भएको बैठकले अर्को बैठक आउँदो २० गते बस्ने निर्णय गरेको छ ।
‘स्थायी समितिको बैठकको माग भएको बिषयमा पनि छलफल भयो’ बैठब पछि पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यस बिषय लगायत अन्य बिषयहरुमा अर्को बैठकले आबश्यक निर्णय गर्ने छ ।’ उनले बैठकमा पार्टी भित्रको आन्तरिक समस्या, एकतालाई सुदृढ बनाउने बिषय, सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भ र केहीले मागेको स्थाई कमिटीको बैठकको बारेमा तथा यी सवालहरुसंग जोडिएका बिषयमा गंभिर बिमर्श भएको पनि श्रेष्ठले जानकारी दिए ।
‘अर्को बैठकसम्मको अबधीमा पार्टी नेतृत्वले अनौपचारिक रुपमा छलफल र संवादको प्रक्रिया अगाडि बढाउनेछ’ उनले भने, ‘त्यस्ता छलफलहरुले निश्कर्षमा पुग्न मद्दत गर्ने बिश्वास छ ।’
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्