लुम्बिनी ।
२५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन्। यस वर्ष २५ वैशाख ९७ मे०का दिन वैशाख शुक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ। लुम्बिनी विकास कोषले यस दिन पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।
यस दिन नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशनअनुसार सामाजिक दुरी कायम गर्दै बौद्ध भिक्षुरभिक्षुणी तथा लामा गुरुरगुरुमाहरूबाट विश्व शान्तिको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ ।
भगवान गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।
तर, कोभिड १९ का कारण उत्पन्न असहज परिस्थतिका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगित हुन पुगेको हो । बौद्ध सम्मेलनमा दर्जनौं मुलुकबाट पाहुनालाई आमन्त्रित गर्ने गरिन्छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्