काठमाडौं- सरकारले २६ वैशाखमा बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
आइतार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २६ वैशाखमा बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
सरकारले बजेट अधिवेशन बोलाउने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइने बताइएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट १५ जेठमा ल्याउनुपर्ने बाध्यता रहेको छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्