भेनेजुयलाको जेलमा झडप, ४६ को मृत्यु

भेनेजुयलाको जेलमा झडप, ४६ को मृत्यु

काठमाडौं । भेनेजुयलामा झपड हुँदा ४६ जनाको मृत्यु भएको छ । भेनेजुयलाको पश्चिमी राज्य पोर्टुगुएसाको जेलमा भएको यो झडपमा थप ६० जना घाइते भएका छन् । अधिकारीवादी समुह र विपक्षी सांसदले यो घटनाको पुष्टि गरेका हुन् । यो घटना गत शुक्रबार भएको हो ।

भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले कैदीहरुले जेलबाट भाग्ने प्रयासपछि यो झडप भएको बताएकी छिन् । उनका अनुसार यो झडपको क्रममा जेलका निर्देशकलाई पनि गोली लागेको छ ।

विपक्षी दलका सांसद मारिया बियट्रिज मार्टिनेजले कैदीहरुको परिवारलाई जेलमा भेट गर्न रोक लगाइएसँगै यो झडप भएको हो । भेनेजुयलाले कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रणको लागि कैदीलाई परिवारसँग भेट्न रोक लगाएको हो ।

यसैची संयुक्त राष्ट्रसंघले यो घटनाको अनुसन्धानको माग गरेको छ । राष्ट्रसंघले जेलमा अत्यधिक भिड कम गर्न र आधारभूत अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । भेनेजुयलामा क्षमताभन्दा धेरै कैदी रहेका छन् ।

गत वर्ष पनि पोर्टुगुएसाकै अर्को जेलमा पनि झडप हुँदा २९ कैदीको मृत्यु भएको थियो । स्रोत : एजेन्सी

प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij