भैरहवा ।
विश्व नै आक्रान्त पारेको कोभिड १९कोरोना रुपन्देहीमै देखिए पछि यहाका स्थानिय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिले सम्म लकडाउनमा केही नरम भएका स्थानिय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।रुपन्देहीमै कोरोना संक्रमित देखिए पछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर बिभिन्न निर्णय गरेका छन् । रोहिणी गाउँपालिकाको शनिबार बसेको आकस्मिक बैठकले सीमानाकाहरुमा थप सर्तकता र कडाई अपनाउने निर्णय गरेको छ । गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमा सित जोडिएर रहेको हुदा यी वडाहरुमा गाउँपालिकाले स्थानियहरुको थप टोली बनाई उनिहरुलाई परिचालित गर्ने जनाएको छ ।
यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर नजान तथा पास बाहेकका सवारी साधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ । रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने बिभिन्न मालवाहक सवारी साधनहरु अब देखी रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णय समेत गरिएको छ । गाउँपालिकाले अति विपन्न परिवारहरुको लागी दोश्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ ।रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सर्तकता अपनाईएको बताए । उनले सुरक्षाकर्मि र स्थानिय स्वयम सेवक सहित अहिले आफै खटिएको बताउनुभयो । उहाले यस अघि पनि कडाई गरिए पनि अब देखी भने थप कडा रुपमा लकडाउनको पालना गर्ने जनाउनुभयो। यसका साथै सीमानाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानिय स्वयमसेवकहरुलाई खाजा खर्च दिएर उनिहरुलाई अझै सक्रिय बनाईने उनले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्