प्रदेश ५ सरकारलाई चीनको कान्सु प्रान्त सरकारको राहत हस्तान्तरण

प्रदेश ५ सरकारलाई चीनको कान्सु प्रान्त सरकारको राहत हस्तान्तरण

बुटवल ।

चिनिया सरकार अन्तर्गत कान्सु प्रान्त सरकारले कोभिड १९ का बिरुद्ध संघर्ष गरिरहेको नेपाल सरकार अन्तर्गत प्रदेश ५ सरकारलाई बिभिन्न राहत सामाग्री पठाएको छ ।
कान्सु प्रान्तले पठाएको स्वास्थ्य समाग्री बोकेर कान्तु प्रान्त सरकारका प्रतिनिधि तथा चिनिया उपल्लो सदनका पुर्व सदस्य होङ हङ बुटवल पुग्नु भएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयमा आज एक सक्षिप्त कार्यक्रका बिच चिनिया प्रतिनिधि हाङले २० हजार थान सर्जिकल माक्स र १ हजार थान पि पि ई प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बरालले चीनकै भुमिलाई उदगम स्थल बनाएर कोरानो भाइरस फैलिएपनि आफु पिडामा रहेको अवस्थामा समेत चीन सरकारले बिश्व समुदायमा देखाएको उदारता र सहयोग उच्च मुल्यांकन गर्ने खालको भएको बताउनु भयो । चीन सरकारले भाइरस नियन्त्रणमा प्राप्त गरेको सफलताका लागि बधाई दिंदै मन्त्री बरालले चिनिया सहयोग सधैं कायम रहने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कान्सु प्रान्तका प्रतिनिधि होङ हङले आफ्नै देशबाट कोभिड १९ को सूरुवात भएपनि चीन सरकार छिमेकी राष्ट्रहरुसंग सधैं संबेदशशिल रहेको बताउनु भयो । उहांले प्रदेशलाई आव्श्यक सामाग्रीको लिष्ट बनाएर पठाउन आग्रह गर्दै कान्सु प्रान्त प्रदेश नम्बर ५ संग सांस्कृतिक, आर्थिक तथा कृषिमा सहकार्य गर्न ईच्छुक रहेको बताउनु भयो ।
राहतको संयोज गरेको नेकपा निकट नेपाल राष्ट्रिय चिकित्सक संघक महासचिव डाक्टर सागर न्यौपानेले कान्सु प्रान्त प्रदेश नम्बर ५ संग भागिनी सम्बन्ध राख्न चाहेको बताउंदै त्यहि अनुरुप प्रान्तबाट सहयोग आएको स्पष्ट पार्नुभयो ।
राहतका अन्य सामाग्रीहरु भन्सार छुटाउने प्रक्रियामा रहेकाले पछि हस्तान्तरण गरिने संघका केन्द्रिय सदस्य डाक्टर सम्राट पराजुलीले जानकारी दिनुभएको थियो । कार्यक्रममा चिकित्सक संघले फन्टलाईनमा बसेर सेवगर्ने स्वास्थ्य कर्मचारीहरुको यथासिघ्र स्वास्थ्य परिक्षणको माग गर्दै समाजिक बिकास मन्त्री बराललाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij