रुपन्देहीका संक्रमित युवाले नाचेर आत्मबल बढाउदै

रुपन्देहीका संक्रमित युवाले नाचेर आत्मबल बढाउदै

बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल सित समन्वयमा प्रदेश सरकारले धागो कारखानमा सञ्चालन गरेको कोरोना अस्पलालमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित २५ वर्षीय युवा अस्पतालभित्र नाच्दै सबैको दिन बिताउन सहज भएको छ ।
बुटवलको कोरोना अस्पतालमा भर्ना भएका रुपन्देहीको कोटहीमाइ गाउँपालिकाका संक्रमित युवा अस्पतालभित्र नाच्दै बिताइरहेका छन
उनको दैनिकी बिरामीको जस्तो छैन । उनी नाचगान गरेर दिन बिताइरहेका छन् । ‘संक्रमित भइहालियो,’ उनी भन्छन्, ‘अब खुसी भएर यसलाई जित्नु छ ।’ रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का युवाले आत्मबल बढाउन रमाइरहेको बताए ।
गत शुक्रबार काठमाडौंमा उनको स्वाब परीक्षण गरिएको थियो । त्यसबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उनीमात्र छन् । एक्लै भएकाले निराश हुन नदिन उनलाई काउन्सिलिङ गर्ने र गीत बजाइने गरिएको छ । मन पर्ने गीत बजेपछि शय्यामा रहेका युवा उठेर नाच्न थाल्छन् ।
त्यहाँ कार्यरत नर्सले उनी नाचिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । अहिले उनको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । ‘
लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बिरामीलाई सकरात्मक ऊर्जा दिन नर्स तथा चिकित्सकीय टोली खटिएको बताए । ‘बिरामीलाई एक्लै बस्दा निराशा नहोस भनेर अस्पताललाई संगीतमय बनाएका छौं,’

संक्रमित युवाको संगीतमा रुची भएकाले नाच्‍ने गाउने गरेको उनले बताए । अस्पतालमा १६ जनाको चिकित्सकीय टोली छ । ‘पहिलो दिन केही हतास थिए,’ खनालले भने, ‘अहिले उनी ठीक छन् । हाँसेर बोल्छन् ।’
संक्रमित युवा भारतको दिल्लीमा रोजगारी गर्थे । लकडाउन लम्बिएपछि दिल्लीबाट नेपाल आएका थिए । उनी गत बैशाख ४ गते सिमावर्ती सम्मरीमाई गाउँपालिका–२ स्थित ठोटरी नाकाबाट राति लुकेर मुलुक प्रवेश गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij