काठमाडौं ।
कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले ‘लकडाउन’लाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको समितिको २३औं बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्नेगरी लकडाउनको अवधि बढाउन सुझाव दिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति सही भएको ठहर गर्दै अवधि बढाउन सिफारिस गरेको जानकारी दिनुभयो ।
स्रोतकाअनुसार लकडाउनको अवधि सातदेखि १० दिन थप्ने तयारी रहेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्