रुपन्देहीमा परपुरुष र परस्त्रीद्वारा एउटै रुखमा झुण्डिएर आत्महत्या

रुपन्देहीमा परपुरुष र परस्त्रीद्वारा एउटै रुखमा झुण्डिएर आत्महत्या

बुटवल ।
रुपन्देहीमा दुईजना एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका–५ मलागिरी घर भै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाका वर्ष ३० का हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलमा सिशौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना संगै जस्तै गरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनु भयो ।
एकछोरा रहेकी खड्काले किन उक्त परपुरुषसंग संगै आत्महत्या गरिन भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले परस्त्रिसंग संगै आत्महत्या गर्नुले ती दुई वीचमा अनैतिक सम्बन्ध रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । आत्महत्या गरेका दुवै जनाको सव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij