५ जेठसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

५ जेठसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।

मंगलबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकको सुझावका आधारमा मन्त्रिपरिषद्ले लकडाउन १० दिन लम्ब्याएको हो ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।

यसैबिच सरकारले बिहीबार साँझ देशभरि घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।

लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij