कांग्रेसद्धारा अर्थतन्त्र सम्बन्धी विशेष समिति गठन

कांग्रेसद्धारा अर्थतन्त्र सम्बन्धी विशेष समिति गठन

काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ । कोरोना भाइरसले पारेको असरबारे अध्ययन, विश्लेषण र देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न कांग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको हो ।
“नेपाली कांग्रेस केन्द्रीय समितिको वैशाख १७ मा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गर्नुभएको छ,” मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका व्यक्तिलाई समितिमा राखिएको छ ।
समितिले तत्कालीन रूपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दूरगामी दृष्टिकोण निर्माण गर्ने बताइएको छ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने कांग्रेसले जनाएको छ यस्तो छ कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समिति
१ संयोजक — डा. रामशरण महत
२सदस्य — श्री महेश आचार्य
३ सदस्य — श्री ज्ञानेन्द्रबहादुर कार्की
४ सदस्य — डा. नारायण खड्का
५ सदस्य — डा.मिनेन्द्र रिजाल
६ सदस्य — चिनकाजी श्रेष्ठ
७ सदस्य — दिपकुमार उपाध्याय
८सदस्य — भरत शाह
९सदस्य — उदय शमशेर राणा
१० सदस्य — डा. पृथ्वीराज लिगल
११ सदस्य — डा.शंकर शर्मा
१२ सदस्य — डा. जगदीशचन्द्र पोख्रेल
१३ सदस्य — डा.गोविन्द पोख्रेल
१४ सदस्य — डा. स्वर्णिम वाग्ले

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij