वैदेशिक रोजगारीमा रहेका साढे पाँच लाख कामदारद्वारा तत्काल नेपाल फर्काउन माग

वैदेशिक रोजगारीमा रहेका साढे पाँच लाख कामदारद्वारा तत्काल नेपाल फर्काउन माग

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार कामदारले तत्काल नेपाल फर्कन अपील गरेका छन् । यसरी आग्रह गर्नेमा कतार, यूएई, साउदी अरब, मलेसिया, ओमान र बहराइनमा कार्यरत नेपाली हुन् । बोर्डका अनुसार उनीहरुले लकडाउन खुल्ने प्रतिक्षा गर्न सक्ने अवस्थामा पनि नरहेको जनाएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संरक्षण समितिको बुधबार बसेको बैठकमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अरु ४ लाख ७ हजार कामदार लकडाउन खुलेलगत्तै नेपाल आउन चाहेको बोर्डले जानकारी दिए ।

विभिन्न देशमा रहेका कूटनीतिक नियोगबाट प्राप्त तथ्यांकअनुसार नेपाल फर्कन चाहने कामदारको प्रारम्भिक सूची तयार पारिएको जानकारी दिँदै श्रेष्ठले उनिहरुलाई उद्धार गर्नेबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझावसहितको प्रतिवेदन पेश गरिएको बताए ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनले नेपालका २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विभिन्न प्रयोजनका लागि हाल विदेशमा रहेको जनाएको छ । यसमा वर्किङ भिसामा जानेको संख्या भने समावेश छैन । करिब १५ लाख नेपाली भिजिट भिसामा विदेश रहेका आईओएमको तथ्यांक छ ।

विभिन्न देशमा रहेका नेपाली कामदारहरुले स्वदेश फर्कन पाउनुपर्ने माग राख्दै त्यहाँ रहेका नेपाली कूटनीतिक नियोगमा धर्ना नै दिन थालिसकेका छन् । विश्वव्यापी महामारी कोरोनाका कारण सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको छ । जसका कारण सबैखाले उडानमा प्रतिबन्ध लगाइएको छ । सरकारले यस्तो प्रतिबन्ध जेठ १८ गतेसम्मका लागि लम्ब्याएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij