नेपाल कम्युनिस्ट पार्टी काे सचिवालय बैठक सुुरु

नेपाल कम्युनिस्ट पार्टी काे सचिवालय बैठक सुुरु

काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक सुुरु भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु भएकाे बैठकले बिहिवार बाेलाईएकाे स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डा तय गर्ने छ ।

बैठकले सचिवालयकाे तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पाैडेलले तयार पारेकाे प्रतिवेदनमा समेत छलफल गर्नेछ ।

गत २० गते सम्पन्न सचिवालय बैठकले  २५ गते बिहिवारका लागि स्थायी कमिटी बैठक बाेलाउने निर्णय गरेकाे थियो । भने स्थायी कमिटीको बैठककाे तयारीका लागि अाजका लागि पुन सचिवालय बैठक बाेलाउने निर्णय गरेकाे थियो ।

 

स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव लेख्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पाैडेललाई दिईएकाे थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे  अान्तरिक बिवाद चुलिदै जादा २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बाेलाउन हस्ताक्षर गरि पत्र बुझाएका थिए।

पार्टीको एउटा समुहले प्रधानमन्त्रीकाे कार्यसैली गलत भएकाे र पार्टी निर्णय बिपरित अगाडि बढेकाे भन्दै कडा आलोचना गर्दै आएकाे छ ।

चालु सचिवालय बैठक र आसन्न स्थायी कमिटी बैठकले  पार्टीमा उत्पन्न बिवाद किनारा लगाउने अपेक्षा कार्यकर्ताहरुकाे छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij