कोरोना रोकथामका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा आर्थिक सहयोग

कोरोना रोकथामका लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा आर्थिक सहयोग

बुटवल– पश्चिमाञ्चल यातायात व्यवसायी समितिले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३ लाख २ हजार आर्थिक सहयोग गरेको छ ।
बुटवलमा प्रधान कार्यालय रहेको समितिले रुपन्देहीको बुटवलस्थित धागो कारखानमा सञ्चालित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालका लागि २ लाख ५१ हजार र बुटवल वडा नम्बर ११ लाइ ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
अस्थायी कोरोना विशेष अस्पतालको स्तरवृद्विका लागि र वडा नम्बर ११ मा राहत वितरणका लागि सहयोग गर्नेगरी आर्थिक सहयोग प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले जानकारी गराउनुभयो । समितिको कार्यालयमा बिहीबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष शूर्यबहादुर भट्टराइलाई समितिको तर्फबाट चेक प्रदान गरिएको हो ।
त्यसै गरी वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलाई पनि सोही कार्यक्रममा समितिको तर्फबाट चेक प्रदान गरिएको हो । समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको आर्थिक सहयोग प्रदान कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोकराज पोखरेल, समितिका वरिष्ठ उपाध्यक्ष प्रतावबहादुर कार्की, महासचिव जीतबहादुर भाट, सचिव बसन्त खड्का, कोषाध्यक्ष हरि रिमाल, कार्यालय प्रमुख बाबुराम अधिकारी, कार्यालय सहायक प्रकाश गैरे, वरिष्ठ लेखापाल ऋषिराम भट्टराई, समितिका खगराज गौतम, लक्ष्मण गैर, गोपाल लम्साल लगायतको सहभागिता रहेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोरा महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij