पीसीआर प्रविधिबाट १५ हजार ४ सय ९२ परीक्षण सम्पन्न : मन्त्रालय

पीसीआर प्रविधिबाट १५ हजार ४ सय ९२ परीक्षण सम्पन्न : मन्त्रालय

काठमाण्डौ

अहिलेसम्म पीसीआर प्रविधिबाट गरिएको परीक्षणको संख्या १५ हजार ४ सय ९२ तथा आरडीटी विधिबाट गरिएको परीक्षणको संख्या ५४ हजार ५ सय ३१ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले य्तास्तो जानकारी दिनुभएको हो  ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५९ आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ६ हजार ८ सय ४९ परीक्षण भएको छ भने प्रदेश २ मा ५ हजार ३ सय ५६, बागमती प्रदेशमा ९ हजार ६०, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ९९, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४, र सूदुरपश्चिम प्रदेशमा १४ हजार ६ सय १६ परीक्षण भएको छ ।

स्वीस सरकारले बिहीबार सरकारलाई ३० हजार थान पीसीआर टेस्टिङ किट उपलब्ध गराएको छ । किट उपलब्ध भएपछि पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि तीव्रता दिइने प्रवक्ता देवकोटाले बताउनुभयो । त्यसका लागि सकरारले शुक्रबार नै सबै प्रयोगशालामा किट पठाइसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij