भारतले नेपाली भूमि लिपुलेकबाट चीन जाने बाटो बनायो

भारतले नेपाली भूमि लिपुलेकबाट चीन जाने बाटो बनायो

काठमाडौ
भारतले नेपाली भूमि लिपुलेकबाट चीनसम्मको सीमा जोड्न सडकमार्ग खोलेको छ। उत्तर भारतबाट चीनसम्मको सीमा जोड्नका लागि शुक्रबार ८० किमिको बाटो रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका हुन्। चीनको सीमासम्म बाटो बनेपछि देशको सामरिक बलियो हुने रक्षामन्त्री सिंहले बताए। कैलाशसरोवर जानका लागि यस मार्गबाट सहज हुन्छ। सेना, सीमा सुरक्षाबल र प्रहरी जवानलाई सीमा सुरक्षा गर्न जानलाई सहज हुन्छ। यस मार्गले नेपालको सीमालाई पनि जोडनेछ। तीन देशको अन्तर्राष्ट्रिय सीमाको सडक सुरक्षामा भारत र तीब्बतको सुरक्षाकर्मीलाई सुविधा मिल्ने भएको छ। सीमा सुरक्षाकर्मीलाई सामान ओसारपसार गर्नलाई सहज हुने भएको छ। धारचुलाबाट चीन पुग्‍नका लागि चार दिन लाग्थ्यो भने अब सडक बनेपछि पूरा एक दिनमा पुगिने भएको छ। उनले सडक निर्माणका लागि बिआरओले गरेको कामको प्रशंसा गरेका थिए। यस क्षेत्रमा बाटो निर्माण गर्नु ठूलो चुनौती रहेको उनले बताए। मन्त्रीले हरियो झण्डा देखाएर धारचुलाको लागि एसएसबीको सवारीसाधन पठाएका थिए। शनिबार बिहान धारचुलाबाट चीनको सीमा जानेछ। उदघाटन समारोह नैनीसेनामा भएको थियो। कार्यक्रममा मुख्य अभियन्ता विमल गोस्वामी, विवेक भुषण,ओसी कर्नल सोमेन्द्र बनर्जी, जिल्ला अधिकारी डा।विके जोगदंडे, प्रहरी प्रीति प्रियदर्शिनिको उपस्थिति थियो। सामरिक महत्वको दृष्टिकोणले यो मार्ग महत्वपूर्ण रहेको छ। सन् २००६ देखि लिपुलेकदेखि निर्माण कार्य सुरु भएको थियो। २०१२ सम्ममा निर्माण गर्ने लक्ष्य राखेको थियो। विविध कारण तथा भौगोलिक कारणले निर्माण प्रक्रियामा बाधा आएको थियो। ठूला(ठूला पहाडको चट्टान फुटाउनका लागि अष्ट्रेलियाबाट आधुनिक मेसिन ल्याइएको थियो।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij