किट पर्याप्त छ, पिसिआर विधिलाई प्राथमिकता दिएका छौँ : मन्त्री ढकाल

किट पर्याप्त छ, पिसिआर विधिलाई प्राथमिकता दिएका छौँ : मन्त्री ढकाल

काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस कोभिड–१९ को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन्। मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसंग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव सङ्कलनका क्रममा उनले पिसिआर परीक्षणका लागि पर्याप्त किट भएको जानकारी दिएका हुन्। उनका अनुसार अहिले सरकारसँग प्रयाप्त मात्रामा पिसिआर किट रहेको छ। २० हजार चीन र ३० हजार स्विट्जरल्याण्ड सरकारले किट उपलब्ध गराएको छ। मन्त्री ढकालले कोभिड–१९ बढी जोखिम देखिएको उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालनसमेत भएको जानकारी दिए। उनले हिजो सांसदको परीक्षणलाई लिएर सञ्चारमाध्यमा गलत प्रचार भएको बताए। ‘सञ्चारमाध्यमले जनताको परीक्षण नगरेर सांसदको पिसिआर विधिबाट परीक्षण गरेको भनेर प्रकाशित गरे, ,तर त्यसो होइन । सांसदमा हिजो २१२ जनाको तथा अन्य सुरक्षाकर्मी र कर्मचारीको १७९ गरिएको छ । त्यहाँ सांसद जतिकै अन्यको पनि परीक्षण गरिएको छ ‘ मन्त्री ढकालले भने। उनले प्रदेशमा समान रुपले परीक्षण किट पठाइएको भन्दै बढी संवेदनशील ठाउँमा केन्द्रबाट नै विशेष टोली खटाइएको बताए। सो कार्यक्रममा सांसद जुलीकुमारी महतोले प्रदेश नं २ मा पर्याप्तमात्रामा परीक्षण गर्नुपर्ने बताए। उनले सरकारले नयाँ कार्यक्रमभन्दा पहिलेको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।सांसद समिना हुसेनले पिसिआर परीक्षण कम भएकाले बढाउनुपर्ने बताइन्।सांसद सुरेशचन्द्र दासले भारतमा अलपत्र परेका नेपालीलाई परीक्षण गरेर क्वारेन्टाइनमा राखेर नेपाल भित्र्याउनुपर्ने बताए। सांसद सरिताकुमारी गिरी र चाँदतारा कुमारीले टेकुस्थित सरुवा रोग अस्पतालले मुलुकका बिरामीलाई थेग्न नसक्ने भन्दै सातवटै प्रदेशमा सरुवा अस्पताल निर्माण गर्नुपर्ने बताए।सांसद लीला श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताए। सांसद तुलसाकुमारी दाहालले एक परिवार एक सदस्यलाई पिसिआर विधिबाट कोभिड–१९ परीक्षण गर्नुपर्ने बताए।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij