काठमाडौं ।
लिपुलेकमा भारतले सडक मार्ग खोलेको विरोध गर्ने क्रममा नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र नेपाल प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।
आज दिउँसो सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अगाडी शंकपार्कमा उनीहरुले लिपुलेकको विषयमा पत्रकार सम्मेलन गर्दै गर्दा पक्राउ गरेको हो ।
अहिले पक्राउ गरिएका बस्न्यात र श्रेष्ठलाई प्रहरी कार्यालय महाराजगञ्जमा राखिएको हिरासतबाटै पूर्व जर्नेल बस्न्यातले जानकारी दिए । “हामी लिपुलेकमा भारतले बाटो बनाएको विरोधमा केही पत्रकारहरुलाई बोलाएर प्रेस विज्ञप्ति पढ्दैथियौं । त्यतीबेलै हामीलाई भारतको विरोध नगर भनेर समातेर महाराजगञ्ज प्रहरी कार्यालयमा ल्याइएको छ,” उनले भने ।
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्