फेरी कञ्चनमा ३ थान मोटरसाइकल सहित अबैध सालका गोलियाहरु बरामद

फेरी कञ्चनमा ३ थान मोटरसाइकल सहित अबैध सालका गोलियाहरु बरामद

कञ्चन

जगिलाल थापा

रुपन्देहीको कञ्चन गाउपालिकामा फेरी ३ थान मोटरसाइकल सहित अबैध सालका गोलियाहरु बरामद गरिएको छ । आज राती करिब २ बजेको समयमा कञ्चन २ को गजेडी बजार हुदै ३ वटा मोटर साइकलमा दुइवटा सालका गोलियाहरु ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पको नियमित गस्ती टोलीले बरामद गरेको हो । शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पका प्रहरी निरीक्षक गंगा बहादुर कार्कीका अनुसार शसस्त्र प्रहरी बल लोण्डिहवाको नियमित गस्ती टोलीले गजेडी बजारमा नियमित गस्ती गरिरहेको अवस्थामा ३ जना मोटरसाइकलमा सालका अबैध काठहरु ल्याउदै गरेको र सुरक्षाकर्मीलाई देख्नासाथ उनिहरु मोटरसाइकल र अबैध काठ छोडेर भागेका थिए । ती तस्करहरुले कञ्चनको साबिक रुद्रपुरका सामुदायिक बनहरुबाट अबैध रुपमा काटेर ल्याएको हुन सक्ने भन्दै कञ्चन गाउपालिका वार्ड नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री र वडा नं। २ का वडा अध्यक्ष शेर बहादुर थारुको रोहवरमा लु। १५ प ७७०९, लु। १० प ५३५६ र लु। १८ प ५२५४ नम्बरमा होण्डा शाइनका ३ थान मोटर साइकल र १३ दशमलव ५ क्युफिटका २ थान सालका गोलिया बरामद गरी सब डिभिजन बन कार्यालय भैसाही,कञ्चन ५ मा बुझाइएको शसस्त्र पहरी निरीक्षक गंगा बहादुर कार्कीले जानकारी गराउनु भएको छ ।

यस अघि पनि बैसाख २ गते स्कञ्चन ४का कञ्चन टोलका थानियहरुले करिब ५१ क्यूफिटको ६ थान सालका गोलिया बिहान करिब ४ बजेतिर बरामद गर्न सफल भएका थिए । कञ्चनको साबिक रुद्रपरुका सामुदायिक बन तथा कपिलबस्तुको जंगलहरुबाट अबैध रुपमा सालका रुख काटेर तस्करहरुले ओसार पसार गरिरहेको र सुरक्षा प्रशासनले कुनै ध्यान नदिएको भन्दै स्थानियहरुको ब्यापक गुनासो गरेपनि सुरक्षा गस्तीले तस्करहरुलाई नियन्त्रणमा लिन सकिरहेको छैन । तर यो साता स्थानिय र सुरक्षा गस्तीको नियमित गस्तीले करिब तस्करहरुलाई पक्राउ गर्न नसके पनि अबैध काठहरुको बरामद गर्न सफल भएका छन।तस्करहरुले अबैध रुपमा सालका गोलियाहरु ओसार पोसार गर्ने गरेको भन्ने स्थानियहरुको जनगुनासो आए पछि गाउपालिकाको समन्वयमा सुरक्षा गस्तीलाई नियमित गर्न लगाइएको र सोही अनुसार सुरक्षाकर्मीहरुले अबैध काठ ओसार पोसार गर्न प्रयोग गरिने सवारी साधन सहित काठ बरामद गर्न सफल भएको कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले जानकारी गराउनु भएको छ।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij