काठमाडौं- आज (आइतबार)देखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुँदैछ ।
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु हुन लागेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने छन् ।
सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७÷७८का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गर्ने छन् ।
त्यसमा सांसदहरुले आ–आफ्ना धारणा राख्ने छन् ।
यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि डाकिएको छ ।
जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्