सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै

सैनामैनाले भारत तथा तेश्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्दै

सैनामैना।
रुपन्देहीको सैनामैना नगरपालिकाले भारत तथा तेश्रो मुलुकमा रहेका नगरभित्रका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकाको सोमबार बसेको विपद तथा प्रकोप ब्यवस्थापन समितिको बैठकले रोजगारी तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको तथ्याङ्क २ दिन भित्र संकलन गर्ने निर्णय गरेको हो । नगरको ११ वटै वडामा रहेका १ सय १९ वटा टोल विकास संस्थालाई २ दिन भित्र बाहिर रहेका नागरिकको तथ्याङ्क संकलन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
यसका लागि टोल विकास संस्थाका प्रतिनिधिहरु नगरका प्रत्येक घरघरमा पुगेर बाहिर भएका नागरिकको लगत संकलन गर्ने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । भारत तथा तेश्रो मुलकबाट नेपाल आउन चाहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने र नेपाल आएकाहरुलाई राख्न क्वारेन्टाईन थप गर्ने र हालको क्वारेण्टाइनको क्षमता बृद्धि गर्ने तयारीमा नगरपालिका रहेको नगरप्रमुख कार्कीेको भनाई छ ।
छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र यसले जनमानसमा थप त्रासको वातावरण सिर्जना गरेको हुंदा यसको जोखिम र संक्रमणबाट बच्न र वचाउन सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।
नगरपालिका संग सीमा जोडिएको छिमेकी जिल्ला कपिलबस्तुमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनलाई थप कडाई गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी गराउनु भयो । विपद तथा प्रकोप ब्यवस्थापन समितिको बैठकले जेठ ५ गते सम्म नगरपालिकाबाट हुने आवातजावतमा थप कडाई गर्दै बैंक तथा वित्तीय संस्था र सहकारी चक्रिय प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ । सैनामैनामा रहेका बैंकका शाखा कार्यालयहरु आलोपालो हप्ताको २ दिन सामाजिक दुरि कायम गरि बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij