कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि

कपिलवस्तु- नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

मंगलबार कपिलवस्तुमा एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने काममा खटिएकी थिइन ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । सोमबार मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । कपिलवस्तुका ८, रुपन्देहीका ९ बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij