बुटवल
नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देही द्धारा विषम परिस्थितिमा संक्रमित भेटिएका क्षेत्रमा स्थिति थप जटिल बन्न नदिन उच्च सतर्कता अपनाई युद्धस्तरमा परिक्षण व्यापक रुपले गरेर आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञ सहितको थप मेडिकल टोली परिचालन गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराईएको छ।
विश्वव्यापी रुपमानै मानव जाति समक्ष कोरोनाको रुपमा ठूलो चुनौती देखा परेको छ नेपालमा यतिबेला दुइसय बढी नागरिक संक्रमित भैसकेको परिस्थितिमा कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको भन्दै ध्यानाकर्षण गराईएको कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले बताउनुभयो ।
रुपन्देही जिल्लामा दुई दिनको अन्तरालमा १५ जना व्यक्तिमा कोरोना भाईरसको संक्रमण भेटिएकोले रुपन्देहीमा यसको जोखिम अत्याधिक बढ्नुका साथै रुपन्देहीवासीमा त्रास पनि बढेको भन्दै सरकार लाई उचित व्यावस्था गर्न सरकार संग आहान गरिएको रज्जाकले बताउनुभयो ।
पछिल्ला दिनमा प्रदेश नं। ५ र रुपन्देहीमा संक्रमितहरूको संख्या तिब्र रुपमा बढिरहेको अवस्थामा जारी लकडाउनलाइ अझ कडाइ गर्नुपर्नेमा लकडाउन झनै खुकुलो भएकोमा रुपन्देही कांग्रेसले आश्चर्य चकित भएको छ।
जिल्लामा लकडाउन खुकुलो भइ संक्रमणको जोखिम झनै बढेको जनस्तरबाट चौतर्फी गुनासो आईरहेकाले प्रशासनले जिल्लामा लकडाउनलाई कडाइका साथ लागु गराउन र अत्यावश्यक बाहेकका सवारी साधनलाई पास वितरण नगर्न नेपाली कांग्रेस रुपन्देही सचिव राम कृष्ण खाणले सम्बन्धित निकायलाई अनुरोध गर्नुभभएको छ।
खाणले भने कोरोना महामारी फैलन नदिन लकडाउन अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्याउनु सबै नागरिकहरुको दायित्व हो । लकडाउनलाई इमानदारीताका साथ पालना गर्न र आफ्नो टोलछिमेकमा हालसालै आगमन भएका नयाँ मानिस कोहि भएमा सो को निगरानी राखी सम्वन्धित निकायलाई खबर गर्न र क्वारेन्टाइनमा राख्न सहयोग पुर्याउनका लागि पनि कांग्रेस रुपन्देहीले सबै रुपन्देहीवासी दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक अपिल गराएको छ।
सिमामा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्नु सरकारको कर्तव्य हो र रुपन्देहीको सिमा नाकामा अलपत्र परेका नेपालीलाई उद्दार गरेर स्थानीय सरकारको समन्वयमा मापदण्डयुक्त क्वारेन्टाइनमा राख्ने र परिक्षण गर्ने व्यवस्था गरेर मात्रै घर जान दिने वातावरण मिलाउन नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गराईएको छ ।
कोरोना भाईरस नियन्त्रणका लागि सरकारलाई कांग्रेस रुपन्देहीले पूर्ण साथ एवं सहयोग गर्ने जनाउदै सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्नका लागि ध्यानाकर्षण गराईएको कांग्रेस जिल्ला सचिव राम कृष्ण खाणले जानकारी दिनुभयो।
सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन ।महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन् । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन ।
कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन । यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन सक्दैनन् । यी विषयहरुलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर भएकोमा कांग्रेस रुपन्देही को गम्भिरतापुर्वक ध्यानाकर्षण गराईएको हो ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्