रुपन्देहीका सात स्थानीय तहमा आवगमन बन्द

रुपन्देहीका सात स्थानीय तहमा आवगमन बन्द

बुटवल –भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा जेठ ५ सम्म हिँडडुल गर्न निषेध गरिएको छ। सोमबार र मंगलबार गरी रुपन्देहीमा १६ जना कोरोना संक्रमित फेला परेपछि भारतसँग सीमा जोडिएका यहाँका स्थानीय तहले आवगमन बन्द गर्ने निर्णय गरेका हुन्। मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र सीमा क्षेत्रका स्थानीय तहका प्रमुखहरुको बैठकले लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाका सीमा क्षेत्रमा थप कडाइ गरेको छ। जिल्लाको हुलाकी राजमार्गदेखि दक्षिण तर्फका स्थानीय तहका क्षेत्रहरुमा जेठ ५ गतेसम्म आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासान कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले जानकारी दिए। रुपन्देहीमा पुष्टि भएका १६ जना सबै संक्रमित सीमावर्ती मर्चवार र लुम्बिनी क्षेत्रकै हुन्। सबै संक्रमित भारतबाट राति लुकेर भित्रिएकाका हुन्। यसका साथै बैठकले जिल्लामा रहेका सबै स्थानीय तहले एक हजार क्षमता बेडको क्वारेन्टाइन बनाउने निर्णय बैठकले गरेका छन्। संक्रमित बढ्दै गएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइनको क्षमता वृद्धि गर्ने निर्णय भएको हो।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij