काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई आज दिउँसो साढे ४ बजे बालुवाटार बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।
बैठकमा भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भन्नेबारेमा उहाँले सत्ता पक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ ।
यस्तै कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा अब चालिने कदमबारे पनि बैठकमा छलफल हुनेछ
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्