मुख्यमन्त्री पोखरेललाई राजपा सांसदको प्रश्न : बर्दियाका विरामी दाङको अस्पतालमा लैजान नपाइने ?

मुख्यमन्त्री पोखरेललाई राजपा सांसदको प्रश्न : बर्दियाका विरामी दाङको अस्पतालमा लैजान नपाइने ?

बुटवल ।

दाङको शान्तिनगर गाउंपालिकाले बर्दियाका कोरोना संक्रमित विरामीलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउन नपाइने भन्दै विज्ञप्ति जारी गरेपछि त्यसले तरंग ल्याएको छ । शान्तिनगर गाउपालिका प्रमुख कमासिंह डांगीले मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्लाको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोना संक्रमित विरामी ल्याउन नपाइने भन्दै रोक्नुपर्ने मंगलबार विज्ञप्ति नै निकालेका थिए । जिल्लामा कोरोना संक्रमण फैलिएको खण्डमा क्षति र जोखिमको सम्पूर्ण जिम्मेवारी सरोकारवाला पक्षले लिनुपर्ने उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
सोही विज्ञप्तिलाई लिएर राष्ट्रिय जनता पार्टीकी प्रदेश सभा सांसद कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएकी छन् ।प्रदेश सरकारको लगानीमा स्थापना भएको कोरोना विशेष अस्थायी अस्पतालमा अन्य जिल्लाका विरामी ल्याउन नपाइने भनी गाउपालिका प्रमुखले विज्ञप्ति निकाल्नु आश्चर्यजनक विषय भएको भन्दै सांसद पाण्डेले मुख्यमन्त्रीले यस्ता विषयमा ध्यान पु¥याउनुपर्ने आग्रह गरेकी छन् । ‘बर्दियाका कोरोना संक्रमित बिरामीलाई बर्दियामा नराखेर किन दाङ ल्याइएको भनेर बिज्ञप्ति निकालिएको देखेर अचम्म लाग्यो, प्रदेश सरकारले यत्रो लगानी गरेर हस्पिटल बनाउनुको के अर्थ ? यदि अर्काे जिल्लाको बहानामा बिरामी लैजान पाइंदैन भने ? यसतर्फ सबैले ध्यान दिइयोस्’–सांसद पाण्डेले भनेकी छन् । मुख्यमन्त्री शंकर पोखरेलले गाउंपालिकाको नाम नलिई फेसबुक स्टाटसमार्फत अस्पतालमा विरामी राख्ना कोरोना नफैलिने भनेर प्रष्टीकरण दिएका छन् । ‘कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो,कोरोना विशेष अस्पतालवाट नेपालमा कोरोना फैलिएको छैन’–मुख्यमन्त्रीले लेखेका छन् ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij