गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक

गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक

गुल्मी – जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो । बैठकले जिल्लामा पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुन सक्ने सम्भावना देखिएको भन्दै रोगको संक्रमण रोकथामको लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार एम्बुलेन्स, शव वाहन, मृत्युसंस्कार, विद्युत, सञ्चार, खानेपानी औषधी र इन्धनको सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधनहरुको आवागमन पूर्णरुपमा निषेध गरिने छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३), संक्रामक रोग ऐन २०२० को दफा २(२) तथा नेपाल सरकार मन्त्रीपरिषदको बैशाख २४ गते बसेको बैठकको निर्णय नं ६ बमोजिम जिल्लाका सीमाहरु बन्द गर्ने निर्णय गरिएको बताईएको छ । सर्वसाधारण नागरिकहरु विरामी भएको अवस्था बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै सहकारी तथा वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताईएको छ ।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु (इन्धन, दाल चामल,तेल, नुन, दुधडेरी, तरकारी तथा फलफुल) का पसलहरुमा अनिवार्य रुपमा हात धुनका लागि साबुन पानी र सामाजिक दुरी कायम गर्ने गरी प्रत्येक दिन विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनका अनुसार अस्पताल, स्वास्थ्य संस्था, औषधी पसलहरु र पेट्रोल पम्प २४ सैं घण्टा सञ्चालनमा रहने छन् । बैठकका निर्णयहरुको पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गरिने बताईएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij