गैडहवा-रुपन्देहीको गैडहवा गाउपालिका आगामी जेठ ५ गते सम्म पुर्णरुपमा सिल हुने भएको छ । गैडहवा गाउपालिकामा बैसाख ३१ गते बुधवार १० जनामा कोरोना संक्रमित पुष्टि भएपछि थप कोरोना संक्रमण हुन नदिन गैडहवा गाउपालिका स्तरिय बिपद ब्यस्थापन समितिको बैठकले आज गैडहवा सिल गर्ने निर्णय गरेको हो ।
गैडहवा गाउपालिकाका अध्यक्ष तथा बिपद ब्यबस्थापन समितका संयोजक बच्छुलाल केवटको अध्यक्षतामा आज बसेको बैठकले औषधी पसल बाहेक सम्पुर्ण ब्यापार ब्यबसायहरु समेत पुर्ण रुपमा बन्द गरी गैडहवा गाउपालिका भित्र बिना अनुमती आवत जावतमा रोक लगाई गाउपालिका सिल गर्ने गराउने निर्णय गरेको छ । यदि कोही कसै बिना अनुमती अनधिकृत रुपमा गाउपालिका भित्र आवत जावत गरेको पाइएमा सुरक्षाकर्मीहरुको सहयोगमा आवस्यक कार्वाही गर्ने गराउने निर्णय समेत बैठकले गरेको छ ।
गैडहवा गाउपालिकामा कोरोना भाइरस कोभिड १९ को संक्रमण तिब्र भएको र अझ थप हुने सम्भावनालाई ध्यान दिदै कोरोना भाइरसको पुर्णरुपमा रोकथाम तथा न्यूनिकरणका लागि गैडहवा गाउपालिका सिल गर्नको लागि आवस्यक ब्यबस्था मिलाउन जिल्ला सुरक्षा समिती तथा जिल्ला संकट ब्यबस्थापन केन्द्रलाई समेत सफिारिस गर्ने निर्ण गरेको छ । यस्तै गाउपालिकालाई सिल गरी वडा वडामा हुने बिभिन्न ब्यपार ब्यबसायलाई वडामा क्रियाशिल बिभिन्न संघसंस्था र टोल बिकास संस्थाहरुको समन्वयमा बन्द गर्न लगाउने र ब्यबसायीहरुले यदी अटेर गरेको खण्डमा सुरक्षा प्रशासन लगाई तत्काल कार्वाही गर्ने गराउने निर्णय भएको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चछुलाल केवटले जानकारी गराउनु भएको छ । अध्यक्ष केवटले अत्यावस्यक काम पनि सामाजिक दुरी कायम गरी काम गर्न गराउन गैडहवावासीलाई आग्रह गर्नु भएको छ।
यस्तै कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि खटिइ आएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,
गैडहवा गाउपालिकाका अध्यक्ष तथा बिपद ब्यबस्थापन समितका संयोजक बच्छुलाल केवटको अध्यक्षतामा आज बसेको बैठकमा उपाध्यक्ष सुभावती यादव,गैडहवा गाउपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पका शसस्त्र प्रहरी निरीक्षक गंगा बहादुर कार्की,इलाका प्रहरी कार्यलय,सूर्यपुराका हरिहर खडका,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का होमनाथ भट्टराई,दुर्गा प्रसाद आचार्य,जनता समाजबादीका मोहम्मद इस्लाम,साबिक सूर्यपुरा गा.बि.सका पुर्व गा.बि.स. अध्यक्ष सत्य नारायण पथिक,तुलसीराम यादव र नेपाल रेडक्रस सोसाइटी,लुम्बिनी उपशाखाका सभापति अल्ताफ हुसेन खाँ लगायतको उपस्थिती रहेको थियो । अव गैडहवा सिल भएपछि गैडहवा गाउपालिका भित्र बिहान ६ बजे देखि बिना अनुमती आवत जावत गर्न पाइने छैन ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्