तिलोत्तमामा लकडाउनलाई थप कडाई ,सवैतिरका सहायक नाकाहरु सिल गर्ने

तिलोत्तमामा लकडाउनलाई थप कडाई ,सवैतिरका सहायक नाकाहरु सिल गर्ने

तिलोत्तमा ।

तिलोत्तमा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । यसका लागि नगरपालिकाले नगरका सवैतिरका सहायक नाकाहरु पूर्णरुपमा सिल गर्ने भएको छ । लकडाउनलाई थप प्रभावकारी वनाउन नगरपालिकाका सहायक सबै नाकाहरुबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गरेर सबै नाका सिल गर्ने र सिद्धार्थ राजमार्गको (बुटवल–बेलहिया ब्यापारिक सडक) मात्र प्रयोग गर्ने गराउने ब्यवस्था गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी गराउनु भयो ।
बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले लकडाउन सम्वन्धि यस अघि भएका अन्य ब्यवस्थाहरु यथावत रहने गरी केही संशोधन र केही थप गर्ने निर्णय गरेको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
बैठक पछि नगरपालिकाले जारी गरेको जरुरी सूचनामा तोकिएको समय बाहेक लकडाउन सम्वन्धि सूचनाको उलंघन गरी पसल तथा व्यवसाय संचालन गर्नेलाई नेपाल सरकारले तोकेको लकडाउन अवधिभर पसल, व्यवसाय खोल्न नपाउने गरी सिल गरिने उल्लेख छ ।
यस्तै नगरक्षेत्र भित्र संचालनमा रहेका सवै प्रकारका बैंक तथा वित्तिय संस्था (वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्था समेत) लाई हप्तामा ३ दिन आईतवार, मंगलवार र विहिवार विहान १० वजे देखि दिउसो १ सम्म मात्र बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्ने गराउने ब्यवस्था गरिएको छ ।
दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने डेरी तथा दुग्ध उत्पादकहरुका लागि विहान ६ वजे देखि ८ वजे सम्म र अपरान्ह ४ वजे देखि साँझ ६ वजे सम्म विक्री वितरण गर्ने समय सिमा निर्धारण गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij