नेपाललाई कोरोनामुक्त देश बनाउनु पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

नेपाललाई कोरोनामुक्त देश बनाउनु पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

काठमाण्डौ – नेपाललाई कोरोना महामारीमुक्त देश बनाउनु यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

नीति तथा कार्यक्रममा सङ्क्रमणको परीक्षणलाई व्यापक बनाउने, औषधि उपकरण र चिकित्सकको चुस्त परिचालन गरिने गरी प्रथामिकता दिइएको उहाँको भनाइ छ ।
कोरोनाको कारण कसैको पनि ज्यान जान नदिने गरी सरकारले काम गरिरहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । कोरोनाको रोकथाम गर्दै आर्थिक चहलपहल बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले देशलाई कोरोना महामारीमुक्त बनाउन मुख्य ध्यान केन्द्रित गर्ने नीति लिने भएकोे छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीमुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
शुक्रबार राष्ट्रपति भण्डारीले सङ्घीय संसद्का दुवै सदनमा आउँदो वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्य सजगताका व्यवस्थाको पालना र कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभयो ।
कोभिड(१९ को महामारी विरुद्ध प्रदेश र पालिकाले गरेका कामले नागरिकमा ती निकायको महत्व थप प्रस्ट्याएको उहाँको भनाइ छ ।
उहाँले आधारभूत स्वास्थ्य, शिक्षा, रोजगारी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij