भैरहवा ।
न्युज ओके मिडिया, मधेशी पत्रकार समाज नेपाल रुपन्देही र सगरमाथा इन्स्योरेन्सको सहकार्यमा पत्रकारहरुको एक लाखको कोरोना बीमा गरिएकोे छ । भैरहवा, लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा क्रियाशिल १६ जनाको बीमा गरिएको मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्माले बताउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा पनि जोखिममा रहेर काम गर्ने पत्रकारहरुको लागि कोरोना बीमा गरिएको विश्वकर्माले बताउनु भयो । कोरोना संक्रमणको पुष्टी भए तत्काल प्रदान गरिने एक लाखबाट पत्रकारको परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले शुक्रबार बीमा गरिएको न्युज ओके मिडियाका सम्पादक मनोरञ्जन शर्माले बताउनु भयो ।पीसीआर परीक्षणबाट कोरोना भाइरसको संक्रमण पुष्टी भएमा बीमितले एक लाख तुरुन्तै भुक्तानी पाउने सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवालीले बताउनु भयो । बीमालेखको म्याद जारी गरेको मितिदेखि १ वर्षसम्म रहने ज्ञवालीले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्