JanataToday.com

Advertisment

SKIP THIS

सरकारको नीतिः ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’

सरकारको नीतिः ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’

काठमाण्डौ
सरकारले कोही भोकै पर्दैन, कोही भोकै मर्दैनु भन्ने रणनीति लिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै यो रणनीति अपनाउने भएको जानकारी गराउनुभयो ।
उहाँले दाता र श्रमिक सङ्गठनको असल सम्बन्धलाई विस्तार गर्दै श्रम बजारलाई थप व्यवस्थापन गर्न सरकारले रणनीति बनाएको बताउनुभयो । यस्तै सरकारले सबै श्रम शोषणको अन्त्य गर्ने रणनीति लिएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने भएको छ । श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ । यस्तै सरकारले श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने भएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij