काठमाण्डौ
सरकारले कोही भोकै पर्दैन, कोही भोकै मर्दैनु भन्ने रणनीति लिने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिबी अन्त्यका लागि सरकारले सबैलाई रोजगारीको व्यवस्था गर्ने भन्दै यो रणनीति अपनाउने भएको जानकारी गराउनुभयो ।
उहाँले दाता र श्रमिक सङ्गठनको असल सम्बन्धलाई विस्तार गर्दै श्रम बजारलाई थप व्यवस्थापन गर्न सरकारले रणनीति बनाएको बताउनुभयो । यस्तै सरकारले सबै श्रम शोषणको अन्त्य गर्ने रणनीति लिएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि श्रम बजारमा ल्याइने भएको छ । श्रम गर्न सक्ने सबै व्यक्तिलाई रोजगारको व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको छ । यस्तै सरकारले श्रम गर्न नसक्नेलाई पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गर्ने भएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्