कोरोना नियन्त्रणका समयमै सचेत र संयम बनौ

कोरोना नियन्त्रणका समयमै सचेत र संयम बनौ

सैनामैना-रुपन्देही को सैनामैना नगरपालिका कोरोना मुक्त नगरपालिका बनाउन,जोखिम बाट मुक्त हुन नगर प्रवेश गर्ने सम्पुर्ण नाका सिल गर्न ढिला भएको नेपाली कांग्रेस सैनामैना नगर समिती सदस्य तथा युवा नेता अर्जुन पौडेल बताएका छन । नगर बाहिरबाट आएका मनिसको पहिचान गर्दै उनीहरुको स्वास्थ्य परिक्षणका साथै २१ दिन सम्म होम क्वारिन्टिनमा राख्दै नगर बाहिरबाट हुन् सक्ने जोखिन न्यूनिकरण का लागी नगर सिल गर्न आवश्यक रहेको पौडेलले बताए ।
अन्य जिल्ला तथा पालिका बाट मानिसको आवत जावत बढदा सैनामैना कोरोना अत्यन्त जोखिम रहेको बताउँदै यसको समाधान स्वरुप नगर सिल गर्न आवश्यक रहेको पौडेलले बताएका हुन ।
सैनामैना सङ्ग जोडिएका कन्चन , गैडहवा ,सुदोद्द्न , गाउँ पालिका बुटवल उपमाहानगर स्थानीय निकाय हुँदै आउने जाने क्रमले मानिसहरुबाट पनि स्थानीयमा कोरोना त्रासका कारण सैनामैना नगरपालिकाका सिमाना एवं नाकामा सर्तकता अपनाउनु पर्ने अवस्था आएको उनले बताए । यस्तै नगर भित्र विभिन्न समयमा प्रवेश गरेका र लक डाउन पहिला नै विदेशबाट आएकाहरुको पुन स्वास्थ्य परिक्षणको आवश्यकता रहेको बताए ।
हाल मलेसियाबाट आएको ६६ दिन पछि सम्म कोरोना देखिएका कारण यसको संक्रमण फैलन नदिन बाहिरबाट आएकाहरुको स्वास्थ्य परिक्षण आवश्यक रहेको पौडेलले बताए । कोरोनाबाट स्वास्थ्य संस्था र स्वास्थ्य कर्मी सबै भन्दा पहिला बचाउनु पर्ने बताउँदै उहाँले यदी स्वास्थ्य संस्था र स्वास्थ्य कर्मी नै संक्रमणको चपेटमा आएमा अरुको उपचार कसरी हुन् सक्छ र यसैले उनीहरुको सुरक्षाका लागि सवै एक जुट हुन् उनले अपिल गरेका छन सैनामैना नगरपालिकालाई कोरोना मुक्त नगर बनाउन सबैले आफ्नो तह बाट सक्रियता पुर्ब सचेत र जिम्मेवार नगरवासी को भुमिका ग्रहण गरि समग्र नगरबासी कैस्वास्थ्य प्रति गम्भीर हुन् आग्रह गरेका हुन । हामीले सानो प्रयासमा पनि यसबाट बाँच्न सकिने भएकाले यस प्रति ध्यान दिन उनले सबैमा आवहान समेत गरेका छन ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij