जेष्ठ २० गतेसम्मै कपिलवस्तु सिल,सोमवार, बुधवार र शनिबार तीन घण्टा मात्र किनमेल

जेष्ठ २० गतेसम्मै कपिलवस्तु सिल,सोमवार, बुधवार र शनिबार तीन घण्टा मात्र किनमेल

 तौलिहवा ।
कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरी १५ दिन जिल्लालाई सिल गरेको छ । यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको थियो ।

सरकराले लकडाउन जेठ २० गतेसम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पौडेलले बताउनुभयो । जेठ २० गतेसम्म जिल्लालाई सिल गरिएको हो ।

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरातसम्म जिल्लालाई सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा कोरोनो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सिल गर्ने अवधि थपिएको बताउनुभयो । यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ ।

अब हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार बिहान ७ देखि नौ बजेमात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ । जिल्लामा आउँन र जान पूर्ण निषेध गरिएको छ । अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उद्योग ब्यवसाय, सवारी साधानमा पूर्ण रोक लगाईएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । अब पासमा समेत कडाई गरिने छ । जिल्लामा ४३ जना कोरोना संक्रमति भेटिएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij