गाउपालीकाका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाईनमा बस्नेको लागी आफै खाना पकाउदै

गाउपालीकाका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाईनमा बस्नेको लागी आफै खाना पकाउदै

भैरहवा ।

क्वारेन्टाईनमा खानपिनको ब्यवस्थापनका लागेका कामदार भागे पछि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाईनमा बस्नेको लागी आफै खाना पकाएका छन् । तत्कालको लागी केही ब्यवस्था नभए पछि गाउँपालिका अध्यक्ष, रोहिणी गाउँपालिकाका जनप्रतिनिधि र धकधईका स्थानिय समाजसेवी मिलेर क्वारेन्टाईनमा बस्नेका लागी खाना पकाएका छन् । रोहिणी गाउँपालिकाको धकधईमा रहेको रामनरेश माध्यमिक बिद्यालयमा रहेका ६० जनाको लागी खाना पकाउन कामदार नै राखिएको थियो । तर क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको माग अनुसार खाना कामदारहरुले बनाउन नसके पछि उनिहरु रिसाएर आईतबार राती नै फर्किएका थिए ।क्वारेन्टाईनमा बस्नेहरुले दैनिक रुपमा आफ्नो रुचि अनुसारको भोजन खाना पाउनु पर्ने माग राख्दै आएका थिए ।

सामुहिक मेसको रुपमा खाना खुवाईदै आए पनि क्वारेन्टाईनमा बस्नेहरुको धेरै थरि कुरा आए पछि कामदारहरु रिसाएर भागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।आईतबार नै कामदार भागे पछि क्वोन्टाईनमा रहेकालाई खाना खुवाउनेको समस्या देखिएको उनले बताए । उनिहरुलाई खाना खुवाउन आफै खाना बनाउन अघि सरेका गाउँपालिका अध्यक्षलाई गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, धकधईका अगुवा बिद्या यादव र जुद्ध बहादुर चौधरीले साथ दिए । गाउँपालिकाका कार्यालय सहयोगी गंगा लोनियालाई मुख्य भान्छे बनाई यो टोलीले क्वारेन्टाईमा रहेका ६० जनाको लागी मासु भात पकाएर खुवाएको छ ।अहिले धकधईको क्वारेन्टाईनमा ६० जना रहेका छन् । यी सबै बिभिन्न पारिवारीक पृष्ठभूमिबाट रहेका छन् ।

कोही विपन्न छन भने कोही आर्थिक रुपमा राम्रै भएका छन् । “फरक फरक ब्यक्तिका लागी फरक खाना पकाउने कुरा भएन” गाउँपालिका अध्यक्ष यादवले भने “सबैका लागी एकै प्रकारका खाना पकाउदा सबैको चित्त बुझाउन सकिएन । उनले क्वारेन्टाईनमा बस्नेहरुले पनि अहिले महामारीको समयमा भने अनुसारको कसैले पनि गर्न नसक्ने भन्ने बुझ्न जरुरी रहेको बताए । यस्तो अवश्थामा सबै थोक पु¥याउन सकिदैन त्यो बुझ्न आवश्यक छ” उनले भने “थोरै नरक करम त सहनै पर्छ । तत्कालको लागी आफैले खाना पकाएर खुवाए पनि सधै त्यो सम्भव नरहेकोले त्यसको ब्यवस्थापन गर्न लागेको उनले बताए । सामान्यतया क्वारेन्टाईनमा बस्नेलाई भने पछि खाना पकाउने कामदारहरु नमानेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले भने । अहिले ब्यवस्थापन नहुदा सम्म २ नम्बर वडाका कार्यालय सहयोगी गंगा लोनियाले नै खाना पकाउने जिम्मा दिईएको छ । कामदारको ब्यवस्था भए पनि लोनियाकै रेखदेखमा खानाको ब्यवस्थापन गरिने पाण्डेले बताए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij