नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३७ जना ‘डिस्चार्ज’

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३७ जना ‘डिस्चार्ज’

काठमाडौं –नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् ।थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् ।

मंगलबार थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका दुई, ललितपुरका एक, भक्तपुरका एक, सिन्धुलीका एक, लमजुङका एक, मकवानपुरका एक, रामेछापका एक, नवलपरासीका एक, सुनसरीका एक र मोरङका एकजना रहेका छन् ।

३६ जिल्लामा फैलिइसकेको कोरोनाको संक्रमणबाट सबैभन्दा बढी प्रदेश नम्बर–५ मा १७६, प्रदेश नम्बर–२ मा १३६, प्रदेश नम्बर–१ मा ५४, वाग्मती प्रदेशमा २७, गण्डकी प्रदेशमा चार, सुदूरपश्चिम प्रदेशमा पाँच तथा कर्णाली प्रदेशमा एकजना संक्रमित भएका छन् ।

विराटनगरस्थित कोशी अस्पतालबाट मंगलबार झापाका एकजना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म ३७ जना डिस्चार्ज भएका छन् ।

उनीहरुको अस्पताल बसाइँ औसत १९ दिन रहेको पनि प्रवक्ता देवकोटाले बताए ।

हाल देशभर २१ हजार ६२३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ४५७ जना ‘आइसोलेसन’मा रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र १७ जना आइसोलेसनमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४१२ जना ‘रेडजोन’मा रहेका छन् ।

प्रदेश–२ र ५ लाई केन्द्रित गरी कम्तीमा १०र१० जना चिकित्सक खटाउने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij