क्रिमसनमा उपचारत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर

क्रिमसनमा उपचारत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर

 

मृत्युको खबर झुटो भएकाो अस्पतालको स्पष्टोक्ति

बुटवल-मणिग्रामको क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार भइरहेको अस्पतालले जनाएको छ । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको स्वाब टेष्ट गर्दा कोरोना संक्रमण देखिएको थियो । ती बिरामीलको अहिले पनि आइसीयु कक्षमा भेन्टिलेटर सर्पोटमा उपचार भइरहेको र उहाँको अवस्था भने गम्भिर रहेको अस्पतालले भर्खरै जारी गरेको बिज्ञप्तीमा जनाइको छ ।

आज बिहानै देखी क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आएपछि अस्पतालले बिज्ञप्ती जारी गरेर उनको मृत्युको खबर झुटो भएको पुष्टि गरेको हो । भेन्टिलेटरमा उपचारत बिरामीको स्वास्थ्य अवस्था गम्भिर रहेको र उनको उपचार जारी रहेको भन्दै भ्रमक खबरको पछि नलाग्न अस्पताल प्रशासनले जारी गरीएको बिज्ञप्तीमा सबैलाइ आग्रह गरीएको छ ।

यसअघि सामाजिक विकास मन्त्री,तलोत्तमा नगरपालिकाका मेयर,स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाकै हवाला दिदै केही सञ्चार माध्यमहरुमा क्रिमसनमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको भन्दै समाचार आएको थियो । तर ती समाचार भ्रमक भएको अस्पतालले जनाएको छ ।

जण्डिस र ज्वारो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए । पहिले गुल्मीबाट अर्घाखाँचीको सन्धिखर्क स्थित छाया पोलीक्लिनीकमा उपचारकालागि ल्याइएको थियो ।उपचारका क्रममा छातीमा समस्या देखिएपछि त्यहाँबाट बुटवल पठाइएको क्लिनीकले जनाएको छ । क्रिमसान असपतालमा ल्याएकै दिन देखि उनलाइ आइसीयुमा राखेर उपचार भइरहेको र स्वास प्रस्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखीएको हो । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते बिरामीको स्वाब झिकी परीक्षणकालागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा राजेन्द्र गिरीले बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij