काठमाडौं । घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्बिने भएको छ ।
बुधबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । यसबाहेक सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।
यसअघि जेठ २० गतेसम्म लकडाउन थपिइसकेको छ । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याउने निर्णय गरे पनि हवाई उडानबारे निर्णय गरेको थिएन ।
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्