बुटवल- रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमित शिक्षेको मृत्यु भएको छ । आज बिहान ७ बजेर १० मिनेट जाँदा उहाँको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बताउनु भयो । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय शिक्षकको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो ।
जण्डिस र ज्वरो आएपछि उहाँलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणकालागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो । नेपाल सरकारले तयार गरेको स्वास्थ्य गाइडलाइन अनुरुपको तयारी भइरहेको प्रदेशको कोरोना फोकल पर्सन समेत रहनु भएका डा चौधरीले बताउनु भयो । शिक्षकको मृत्यु भएको पुष्टि गर्दै प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले पनि शोक विज्ञप्ती निकाल्नु भएको छ । बिज्ञप्तीमा ती शिक्षकलाइ बचाउन अनेक प्रयास गर्दा पनि नसकीएको भन्दै दुख्य व्यक्त गरीएको छ । मदानेकै एक स्कुलका प्रधानाध्यापक समेत रहनु भएका शिक्षकको मृत्युले शिक्षा क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै मन्त्री बरालले बिज्ञप्ती मार्फत मृत्तक प्रति श्रद्धान्जली र परिवार प्रति समवेदना व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्