काठमाडौं– सामाजिक सञ्जारलमा अहिले देशको सीमाना र अभिनेत्री मनिषा कोइरालाको ट्वीटको विषयमा विभिन्न व्यक्तिका भनाइहरू सार्वजनिक भइरहेका छन् ।
यस्तैमा अभिनेत्री मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडियाहरूको पासिना छुटेको भन्दै सञ्चारकर्मी रवि लामिछानेले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।
रवि लेखछन्, ‘कठै भारतीय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिकामाथि गालीगलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मैदेखि स्वतन्त्र देश नेपालकी छोरी हुन्, मनिषा कोइराला, अनि बोल्दिनन् त ?’
यसैगरी उनले सबै भारतीय मिडियाहरूलाई उनीहरूको सरकारले संयुक्त राष्ट्र संघमा पेश गरेको नक्शाको अध्ययन गर्न र आधिकारिक रूपमा जारी गरिएको नेपालको राजनीतिक नक्सामा हेर्न सल्लाह दिएका छन् ।
साथै उनले आजको कार्यक्रमको विशेष तयारी गरिरहेको जानकारीसमेत दिएका छन् । ‘भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला नभइ, तथ्य र प्रमाणमा बोल्ने प्रयास गर्नेछु’, उनले लेखेका छन् ।
उनले इतिहास जाँच गर्न, प्रमाणहरू संकलन गर्न, तथ्यलाई नबुझेसम्म पढेर मात्र आफ्नो स्टुडियोमा पुग्न वा नचाहिने कुरालाई रोक्न भारतीय पत्रकार साथीहरूलाई सिफारिस गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्