कञ्चनको क्वारेन्टाइनमा रहेका ७६ जनाको परिक्षण,सबैको नेगेटिभ रिजल्ट

कञ्चनको क्वारेन्टाइनमा रहेका ७६ जनाको परिक्षण,सबैको नेगेटिभ रिजल्ट

कञ्चन
रुपन्देहीमा गत जेठ २ गते नेपाल भारत सिमामा अलपत्र परि कञ्चन गाउपालिकाद्धारा उद्धार गरिएका १०४ जना मध्ये ७६ जना नेपालीहरुको आर.डि.टी परिक्षण गरिएको छ । आर डि टी परीक्षण गरिएका ७६ जना सबैको आर डि टी रिपोर्ट नेगेटिभ आएको छ ।
आर डि टी परिक्षण गरिएका ७६ जना मध्ये ३ जना कञ्चनका र ७३ जना बाह्य जिल्लाका रहेका छन । नेगेटिभ रिजल्ट आएका सबै ७३ जनालाई सम्बन्धित जिल्लाका अधिकारीहरुको समन्वयमा सम्बन्धित जिल्लामा पठाइने तयारी गरिएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ । कञ्चनको बिभिन्न क्वारेन्टाइनमा राखिएका ती ७३ जना नेपालीलाई सम्बन्धित जिल्लामा पठाउनको लागि सम्बन्धित जिल्लाका अधिकारीहरुसंग समन्वय भइरहेको र ती अधिकारीहरुले आफ्ना नागरिकहरुलाई जिल्लामा लैजानको लागि आवस्यक तयारी गरी भोली सम्म कञ्चनमा आइपुग्ने सम्बन्धित जिल्लाका अधिकारीहरुबाट जानकारी भएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भएको छ ।
कञ्चनको लुम्बिनी ज्ञान निकेटन मा.बि.मा ३३ जना,रुद्रपुर मा.बि. र प्रगती मा.बि.मा २७/२७ जना र हरैया बहुमुखी क्याम्पसमा ३३ जना गरी ११० जना मध्ये ७३ जना बाह्य जिल्ला रहेका छन । बाह्य जिल्ला अन्र्तगत झापा,पांचथ,दाङ्ग,नवलपुर,नुवाकोट जिल्लाका १/१ जना,गुल्मी,सुर्खेत,नवलपरासी,संखुवासभा,तेह्रथुम,स्याङजा जिल्लाका २/२ जना,धादिङ जिल्लाको ३ जना,मोरङको ४ जना र सुनसरीको २८ जना रहेका छन ।
छिमेकी देश भारतबाट कञ्चनका थप ८ जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा १४ दिन बसि कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र सामान्य स्वास्थ्य अवस्था भएका २ जनालाई आज घरको सुरक्षित क्वारेन्टाइनमा रहनेगरी आज डिस्चार्ज गरिएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय जारी गरेको कोरोना भाइरस संक्रमण पुष्टि भएका अधिकांश छिमेकी देश भारतबाट आएका नेपालीहरु रहेका छन ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij