प्रदेश ५ :तराइमा २ सय र पहाडमा ५० बेडका आइसोलेस केन्द्र बनाउदै

प्रदेश ५ :तराइमा २ सय र पहाडमा ५० बेडका आइसोलेस केन्द्र बनाउदै

बुटवल —कोभिड १९ का बिरामी थपिदै गएपछि प्रदेशका हरेक जिल्लामा आइसोलेशन केन्द्र निर्माण गरीने भएको छ ।
मन्त्रिपरिषदको बैठकले तराइका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेड क्षेमताका अइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो । बैठकले आइसेलेसन केन्द्र निर्माणकालागि कोभिड कोषबाट जिल्लालाइ रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । लक्षण नदेखिएका र सामान्य स्वास्थ्य अवस्था भएका संक्रमितलाइ आइसोलेसन केन्द्रमा राख्ने र लक्षण वा स्वास्थ्य समस्या देखिएका सक्रमितलाइ आइसोलेसन अस्पालमा राख्ने योजना प्रदेश सरकारको छ । प्रदेशमा यसअघि बनाइएका आइसोलेसन अस्पाल भरीइसकेका छन ।
जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुखलाइ अनुरोध गर्ने र जेठ १५ गते गणतन्त्र दिवशमा दिपावली गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको मुख्य मन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु भयो । प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदिय दलका नेता स्वर्गीय बलदेव शर्मा पोखरेलको बीमा बापतको १० लाख प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij