मन्त्रिपरिषद बैठक सम्पन्न,नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने निर्णय

मन्त्रिपरिषद बैठक सम्पन्न,नयाँ नक्सा कार्यान्वयन गर्न संविधान संशोधन गर्ने निर्णय

काठमाडौं-भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन जुटेकाे सरकारले जारी भएको नयाँ नक्साको कार्यान्वयनका लागि संविधान संशोधन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हाे। बैठकले जेठ १३ गतेको संसद बैठकअघि नै संविधान संशोधन गर्ने प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। सरकारले तीन दिन अघि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। जारी गरेको उक्त नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लाने निर्णय भएको हो। संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गरेपछि नेपालको नयाँ नक्सा पूर्ण रूपमा कार्यान्वयन हुनेछ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij